दफा २७७
कीर्ते लिखत सद्दे सरह राख्न वा व्यवहारमा ल्याउन नहुने

(१) कीर्ते लिखत हो भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई कसैले बेइमानीपूर्वक त्यस्तो लिखतसद्दे सरह व्यवहार गर्ने नियतले साथमा राख्नु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।
(३) कीर्ते लिखत हो भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई कसैले त्यस्तो लिखत सद्दे सरहव्यवहारमा ल्याएमा निजलाई त्यस्तो लिखत कीर्ते गरे सरहको सजाय हुनेछ ।